रक्तचाप र थाइराइडबाट मृत्यु भएकी महिलामा कोराना पुष्टि



चितवन । चितवनमा थप एक कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

डाक्टर लम्सालका अनुसार ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप र थाइराइड रोगले समेत ग्रसित उनको अस्पतालको सघन कक्षमा राखेर उपचार हुंँदै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्