राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशको बिषयले राष्ट्रपति अप्ठेरोमा



सैघाली खबर
काठमाडौं,१० पुस

राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशको बिषयलाई लिएर राष्ट्रपति विद्या देवी भण्डारी अप्ठेरोमा पर्नुभएको छ । राष्ट्रियसभा सम्बन्धि अध्यादेशमा दलहरु दुई धारमा विभाजित भएका छन् ।

दलहरुले राष्ट्रपति भण्डारीलाई भेटेर आ–आफ्नो पार्टीको धारणा अनुसार अध्यादेश पारित गर्न र नगर्न दबाब दिएपछि उहाँ अप्ठेरोमा पर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई कांग्रेस नेताहरुले भेटेर अध्यादेश जारी गर्न आग्रह गरिसकेका छन् भने एमाले र माओवादी केन्द्रका नेताहरुले भने अध्यादेश जारी नगर्न आग्रह गरेका छन् ।

अध्यादेशको बिषयमा सहमति गरेर आउन राष्ट्रपतिले दलहरुलाई आग्रह गरिहेका बेला हिजो मात्रै संघिय समाजवादी फोरम नेपालका नेताहरुले भेटेर अध्यादेश जारी गरिदिन राष्ट्रपति सँग आग्रह गरेका थिए ।

अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पारित गर्न राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिनुभयो । राष्ट्रियसभा गठन एकल संक्रमणिय मतका आधारमा गर्ने कि, बहूमतिय आधारमा भन्नेमा दलहरु बिभाजित छन् । हिजै चितवनमा भएको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा कांग्रेसका नेताहरुको प्रतिनिधित्व हुनुपर्ने भएपनि एकल संक्रमणिय आधारमा गठन गर्न नसकिने बताउनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्