पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ जना कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १२०४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो।

शनिबार थपिएका सँगै नेपालमा कूल ६२ हजार ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ४०१ जनाको निधन भइसकेको छ भने ४५ हजार २६७ जना निको भइसकेका छन्।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन्।

जिल्लागत रुपमा शनिबार पनि काठमाडौंमा सबैभन्दा बढी ५७० जना संक्रमित थपिएका छन्। त्यस्तै, ललितपुरका ५८ र भक्तपुरका ८३ जना गरी काठमाडौं उपत्यकामा मात्र ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, काठमाडौं उपत्यकाभन्दा बाहिर बारामा आज सबैभन्दा धेरै १११ जना संक्रमित थपिएका छन्।

हेर्नुस् जिल्लागत विवरण-

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्