प्रीती आले र कुमार पुनको आवाजमा बामरी २ ‘गाईलाइ खरि घाँस



पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा ‘फुल्यो बामरी’ गितकोको अपार सफलता पछि बामरी -२ ‘गाईलाइ खरि घाँस’ बोलको गित सार्वजनिक भएको छ ।

चर्चित गायिका प्रिती आले र लोकदोहोरी गायक कुमार पुनको सुमधुर स्वरमा सजिएको गीतमा सुबाश के.सि शब्द सृर्जना एवम् शिव हमालको लय रचना रहेको छ ।

त्यसैगरी उक्त गितको म्युजिक भिडियोलाई शंकर बि सि ले निर्देशन गरेका छन् । भिडियोमा सुबाश के सि र रन्जिता गुरुङको दमदार अभिनय देख्न सकिन्छ । भिडियो छायांकन दुर्गा पौडेल तथा सम्पादन नवीन घर्ती मगर ले गरेका छन् । भिडियो प्रिती आले सुबाश के.सि युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

गितको म्युजिक भिडियाे हेर्नुस् :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्