एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया लम्बिदै



सैघाली खबर
काठमाडौं,१० पुस


एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । पार्टी एकताका लागि आन्तरिक तयारी गरिरहेका दुई पार्टीका शिर्ष नेताबीच छलफल हुने बताईए पनि बैठक बस्न सकिरहेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड राजधानी बाहिर रहेकाले बैठक बस्न नसकेको बाम गठबन्धनका नेताहरुले बताएका छन् ।

पार्टी एकतासँगै सरकार गठन बारे पनि दुई पार्टी बीच समझदारी हुने बताईएको छ । तर पद र जिम्मेवारी बाँडफाँडको विषय मिलाउन समस्या देखिएको छ । सोही कारण नयाँ सरकार गठनको आन्तरिक तयारी भईरहँदा समेत माओवादी केन्द्रले बर्तमान सरकार नछोडेको भन्दै टिप्पणीहरु आईरहेका छन् ।

तर विना विभागिय मन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफुहरु व्यवहारिक रुपमा सरकार नरहेको बताउनुएको छ ।  नेता शर्माले सरकारमा रहेपनि आफुले विना विभागिय भएपछि मन्त्री वापत पाउने सेवा सुविधा समेत नलिएको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्