ओमप्रकाश गुप्ता, सिसहनियाँ ३ असोज । ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कंडेलले युवाशक्ति देश बिकासको सम्बाहक भएकोले युबा बर्गलाई उपेक्षा गर्न नहुने बताएका छन् । छैटौ संविधान दिवस २०७७ का अवसरमा शनिवार भर्चुअल विधिबाट भएको अन्तरक्रिया कार्यक्रममा क्लवका अध्यक्ष कंडेलले सो कुरा बताएका हुन् । अध्यक्ष कंडेलले संबिधान एक गतिशिल दस्ताबेज भएकाले समयको माग र जनताको आवश्यकता अनुरुप परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
त्यस्तै उनले विश्वकै नमुना संबिधान नेपालकै संविधान भएकाले सघन कार्यान्वयनमा जोड दिनुपर्ने, असन्तुस्ट पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने र आम नागरिकले अनुभुती गर्न सक्ने खालको परिवर्तनलाई अंगिकार गर्न सक्नु पर्ने बताएका छन् । क्लवका अध्यक्ष कंडेलकै अध्यक्षमा भएको कार्यक्रममा क्लवकी उपाध्यक्ष पवित्रा विक, क्लवका शुभचिन्तक माधव खनाल, सन्तोषकुमार गुप्ता, सदस्यहरु मालती गौतम, विन्दु गिरी, हेमराज अधिकारी, शोवितजंग शाही लगायतकाले आ आफनो विचार राख्नुका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।