सेल्फ आइशोलेसनको नियम तोड्नेलाई १० हजार पाउण्ड जरिवाना



सेप्टेम्बर २८ तारिख यता कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिहरु र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको छ । नयाँ सुरक्षाको सावधानीमा कम आय श्रोत भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार वृद्धि हुन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस्ता कडा नियम लागू गरेका हुन् । शनिबार यहाँ कोभिड–१९ का ४ हजार ४ सय २२ जना संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो । स्कटल्याण्डमा ३५० नयाँ संक्रमित भेटिए । मे महिनापछि दैनिक भेटिएका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो ।

यस्तै वेल्समा २ सय १२ नयाँ संक्रमित भेटिए भने उत्तरी आयरल्याण्डमा २२२ नयाँ संक्रमित भेटिएका थिए । नयाँ कानुन अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवानमा १० हजार पाउन्डसम्म पुग्नेछ ।

यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो । यसमा कुनै जरिवाना तोकिएको थिएन । नयाँ नियम घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोनाभाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्