सैघाली खबर
दाङ , १० पुस । पद्यामोदय क्याम्पस घोराहीका प्राचार्य निश्चल आचार्यले शिक्षक र विद्यार्थीहरुको आपसी समन्वय, सहकार्य र साथीत्वको सम्वन्धले नै असल शिक्षा संस्कारको विकास गर्ने बताउनुभएको छ । अझै विद्यार्थीहरु शिक्षक देखी डराउने, धक मान्ने, आपसमा शिक्षक संग घुलमिल गर्न नचाहाने भएकाले विद्यार्थी र शिक्षक विचको समन्वय र सहकार्य अति आवश्यक रहेको उहाँले बताउनुभयो । पद्यमोदय क्याम्पस घोराहीमा गठित शिक्षक विद्यार्थी समन्वय समितिको पुर्नगठन कार्यक्रममा क्याम्पस प्रमुख आचार्यले यस्तो बताउनुभएको थियो ।
समितिका अध्यक्ष अमर घर्तिको अध्यक्षता तथा समितिका संरक्षक एंव पद्यमोदय क्याम्पसका प्रमुख निश्चिल आचार्यको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । उहाँले शिक्षक र विद्यार्थीहरुको सम्वन्ध सुमधुर भएमा मात्रै शिक्षालय भित्रको र्संस्कार विकास हुदै जाने बताउनुभयो । विद्यार्थी र शिक्षक विचको सम्वन्ध नङ मासुको जस्तै रहेकाले शिक्षा विकास दुवै अति आवश्यक रहेको पनि औल्याउनुभयो । उहाँले भन्नुभयो– शिक्षक र विद्यार्थी विचको सम्वन्ध गुरु र शिष्यको होईन ,मित्रताको सम्वन्ध हुनुपर्छ ।’
आचार्यले शिक्षक विद्यार्थीहरुको आपसी सौहाद वातावरण निर्माण गर्नका लागि पद्यमोदय क्याम्पसले समिति गठन गरी शिक्षक विद्यार्थीको मित्रताको सम्वन्ध अघि वढाउने प्रयास गरेको उहाँले चर्चा गर्नुभयो । जसका कारण विद्यार्थी र शिक्षक विचको सम्वन्ध सुमधुर बन्ने , साथै शिक्षक विद्यार्थीहरुको आपसी सम्वन्धले विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप गर्ने गराउने संस्कार समेत विकास हुने बताउनुभयो । त्यस्तै शिक्षक शरदराज आचार्यले पनि पद्यमोदय क्याम्पसले असल संस्कार थालनी गरेको र्चा गर्नुभएको थियो ।
नव गठित समितिका अध्यक्षमा प्रेम वली उपाध्यक्षमा आशाकुमारी चौधरी, सचिवमा आशा वंली, कोषाध्यषमा देव रैदार र सह– सचिवमा पारेश्वर नेपाली रहनुभएको छ ।
त्यस्तै सदस्यहरुम ागंगन विसी, ईर्साज मनिहार, शारदा न्यौपाने, चन्द्रा घर्ति मगर, चाँदनी केसी र राज चौधरी रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा क्याम्पस प्रमुख निश्चल आचार्य, निशान्त आचार्य, शरदराज आचार्य, कुमारराज श्रेष्ठ, सुमन घिमिरे र र रमेश घिमिरे रहनुभएको छ । भने अमर घर्ति, रमेश महरा, अनिशा डाँगी र साजना शाह लाई पनि विद्यार्थी तर्फ वाट संरक्षकमा राखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।