हामीलाई अचम्म लाग्ने केही रोचक तथ्यहरुः



यस्ता छन केही रोचक तथ्यहरुः

१ अक्सफोर्ड डिक्सनरीको ठूलो भाग एक हत्याराले लेखेका थिए । विलियम चेस्टर माइनर नामक व्यक्तिलाई अक्सफोर्ड डिक्सनरी लेखेको श्रेय दिइन्छ । माइनर अमेरिकी सर्जन थिए र उनले अमेरिकाको गृहयुद्धमा सेनाको चिकित्सक भएर काम गरेका थिए । धेरै रगत देखेर उनको दिमागमा नराम्रो असर प-यो र उनले नजानिकनै एक व्यक्तिको हत्या गरिदिए । अदालतमा उसको मुद्दामाथि सुनुवाइ हुँदा युद्धको हालतका कारण उनबाट अपराध हुन गएको तर्क दिएर उनले सजाय नदिन अनुरोध गरे । त्यसपछि उसलाई मानसिक अस्पताल लगियो । त्यहाँ उसलाई किताब पढ्न दिइन्थ्यो । पछि अक्सफोर्ड डिक्सनरीका लागि स्वयंसेवक चाहिएको थाहा पाएपछि उसले पनि आफ्नो नाम लेखाए । अनि उसले डिक्सनरी लेख्नलाई बाँकी जिन्दगी लगाए ।

२ प्रशान्त महासागरको एक द्वीपमा बस्ने मानिसलाई अचम्मको बिरामी छ । कलर ब्लाइन्डनेसका कारण उनीहरू कालो र सेतो मात्र देख्छन् । हुन त यसबाट मुक्ति पाउन उनीहरू एउटा बुटी खान्छन् तर खाएको एकछिनसम्म मात्र असर हुन्छ । यो बुटी यही क्षेत्रमा मात्र पाइन्छ ।

३ सन् १९९७ मा मेक्सिकोको आकाशबाट भ्यागुता बर्सिए । एउटा तुफानका कारण तलाउमा रहेका भ्यागुता हावामा सोहोरिए अनि शहरमा बर्सिए । पहिला त मान्छेले कुनै दैवी घटना हो कि भन्ठाने तर पछि सबैलाई यसको बानी लाग्यो । एजेन्सीको सहयोगमा

४ अस्ट्रेलियामा एक महिलाले आफ्नो श्रीमानलाई गोहीका कारण डिभोर्स दिइन् । ती महिला ओछ्यानमा गोही राखेर सुत्न मन पराउँथिन् भने पतिलाई यसबाट समस्या हुन्थ्यो । पतिले गोही र आफूबीच छान्नू भनेपछि महिलाले गोही छानिन् । गोहीले आफ्नो हेरचाह गर्न सक्दैन, पति त आफूलाई हेरचाह गर्न सकिहाल्छ नि भन्ने उनको तर्क थियो ।

५ हाम्रो रगत चुसेपछि लामखुट्टेले हामीमाथि मुत्छन् । रगत चुसेपछि लामखुट्टेको शरीर भारी हुन जान्छ र उड्न गाह्रो हुन्छ । शरीरको तरल पदार्थ झारेपछि मात्र उड्न सक्छ । रगतमा भएको नून फाल्न पनि मुत्ने गर्छ लामखुट्टेले ।

६ बिरालोको आची खाने मुसालाई उससँग प्रेम बस्छ । बिरालोको शरीरमा एक परजीवी हुन्छ । त्यसलाई खाएपछि मुसोलाई ठूला जनावरसँग डर लाग्छ तर बिरालोसँग भने डर लाग्छ । बिरालोको मूत्र सुँघ्दा मुसालाई उसप्रति सेक्सुअल फीलिङ आउँछ । बिरालोमा भएको परजीवीले यो सब गराउने हो ।

७ स्विट्जरल्यान्डको बर्न शहरमा एउटा अचम्मको मूर्ति छ । मूर्ति बच्चा खाने मान्छेको हो । उसका हातमा बच्चाहरू छन् र एक बच्चाको आधी शरीर उसको मुखमा छ । स्विट्जरल्यान्डको यो पहिलो फाउन्टेन स्ट्याचु हो । कोही यो मानिसलाई ग्रिसेली मिथका एक देवता टाइटन मान्छन् जसले आफ्नो गद्दी बचाउनका लागि आफ्नै बच्चाहरूलाई मारेर खाएको थियो । कोही भन्छन्, यो मान्छेले लगाएको टोपी कुनै समय यहुदीहरूले लगाउँथे र इसाईहरू आफ्नो कर्मकाण्डका लागि बच्चा उठाएर लग्थे । कोही अन्य चाहिँ यो किन्ड्लीफ्रेसर बाबा हुन्, आमाबुवाले छोराछोरीलाई तर्साउनका लागि उनको नाम लिन्छन् ।

८ यो बिरुवा खाएपछि मरेका मान्छे पनि हाँस्छन् । इटालीनजिकैको एक द्वीपमा बस्ने आदिवासीहरूले आफ्नो शत्रुलाई मार्नुअघि हेमलक वाटर ड्रपवोर्ट नामक बिरुवाको रस पिलाउँछन् । यो पिएपछि मरेका मान्छेहरूको अनुहारमा हाँसो छाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्