देउखुरी क्षेत्र पछाडि पर्नु भनेको लज्जास्पद कुरा हो ः मुख्यमन्त्री पोख्रेल



ओमप्रकाश गुप्ता, गढवा ४ असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पोख्रेलले देउखुरी क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक लगायत विकास निमार्णमा फड्को मारिरहेको अवस्थामा दाङङो देउखुरी क्षेत्र पछाडि परेको भन्नु राम्रो कुरा होइन् । साथै मुख्यमन्त्री पोख्रेलले अहिलेको विश्व महामारीको विषम परिस्थिीतिमा सवै नागरिकले सुरक्षा मापदण्डलाई अनिवार्य रुपमा पालना गरे यस बाट बच्न सकिने बताएका थिए । त्यस्तै उनले अहिलेको अवस्थामा भिडभाडजन्य गतिविधी बन्द गर्न तथा लकडाउन गर्नुपर्ने स्थिती सिर्जना नगर्न पनि आग्रह गरेका थिए ।

मुख्यमन्त्री पोख्रेलले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित गरि सञ्चालन गर्न अनुरोध गरेका थिए । उपचारका क्रममा कुनै समस्या आइपरेमा मुख्यमन्त्री स्तरबाट सहजीकरण गर्ने बताएका थिए । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चौधरी, सर्पदंश विज्ञ महेन्द्र कातिला लगायतका वक्ताहरुले बोलेका थिए । गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सहलेखापाल कुलराज कुमालले गरेका थिए ।

गढवा गाउँपालिका वडा नं. ६ स्थित कोइलावास जाने सडकको छेउमै सर्पदंश उपचार केन्द्र बनाइएको छ । उपचारको लागि चाहिने सबै स्वास्थ्य सामाग्री र दुई सय भाईल ‘एन्टी स्नेक भेनम’ औषधी पनि ल्याइएको छ । गाउँपालिकालको ४० लाखको लागतमा सर्पदंश उपचार केन्द्रको भवन र २७ लाखको लागतमा नेपाली सेना बस्ने घर बनाएको गाउँपालिकाले जानकारी दिएको छ । केही महिना अघि गढवा गाउँपालिका वडा नं. ६ गढवा बजार निवासी राजकुमार गुप्तालाई बिषालु सर्पले डस्यो । पसल खोल्ने क्रममा ढोकामा लुकेर बसेको सर्पले डसेपछी उपचार गर्न लमही अस्पताल पु¥याईयो । त्यहाँ सम्भव भएन् । थप उपचारको लागी नेपालगञ्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । यो पछिल्लो घटना हो । सर्पदंशका कारण मानिसले अकालमा ज्यान गुमाउने समस्या छ । यो समस्या समाधान गर्न गढवा गाउँपालिकाले अत्याधुनिक सुविधा युक्त सर्पदंश उपचार केन्द्र बनाएको हो । नेपाली सेना संगको साझेदारीमा गढवा गाउँपालिकाले सर्पदशं उपचार केन्द्र बनाइएको हो । दाङ जिल्लामा सर्पदंशका कारण हरेक बर्ष ५÷७ जनाले अकालमा ज्यान गुमाउने गरेको तथ्यांक सरकारी निकाय सँग रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्