(नेकपा)ले पार्टी केन्द्रीय सदस्यलाई तलब दिने



काठमाडौं । सत्तारूढ (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेण्डाकै रूपमा यसले प्रवेश पाएको छ । तेस्रो नम्बरको कार्यसूचीमा रहेको एजेण्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत सुविधा उपलब्ध गराउने विषय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

साविक नेकपा (एमाले)ले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक १० हजार रुपैयाँ दिने गथ्र्यो । नवौं महाधिवेशनपछि पनि एमालेले यसलाई निरन्तरता दिएको थियो । एकीकरणपछि यो क्रम टुटेको थियो ।

“राजकीय, संवैधानिक पदमा नरहेका, व्यापार व्यवसायमा आवद्ध नभएका र विशुद्ध पार्टी काम रहेकाहरूलाई तत्कालीन एमालेले पार्टीले कोषबाट निर्वाह खर्च उपलब्ध गराउने गथ्र्यो । एकीकरणपछि दिएको थिएन,” केन्द्रीय सदस्य नीरज आचार्यले भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्