टप फिचर

मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन्

By थाहा अनलाइन

September 20, 2020

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् । मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो सन्तानका रुपमा २ छोरा र १ छोरी जन्मिएको मनमोहन हस्पिटलका सञ्चालक समिति सदस्य डिआर कडरियाले जानकारी दिए । सामान्तया ३६ हप्तामा बच्चा जन्मने भएपछि निर्मलाको ३५ हप्तामै अप्रेसन गरी बच्चा निकालिएको बताइएको छ । आइतबार अपरान्ह्र जन्मिएका तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको मनमोहन हस्पिटलका एनएसथेसिया असिस्टेन अमरदीप यादवले जानकारी दिए । ६ वर्षदेखि मनमोहन हस्पिटलमा एनेसथेरियामा कार्यरत यादवले तीनवटा बच्चा जन्मिएको पहिलो भएको बताए । तीनबच्चा मध्ये दुई छोरामा १ केजी ९ सय ग्राम र अर्काको १ किलो ६ सयग्राम रहेको बताइएको छ । छोरीको तौल भने २ किलो रहेको बताइएको छ । महिला डा.एकराज गौतम नेतृत्वको चिकित्सक टोलीले लगभग डेढघण्टा समय शल्यक्रियामार्फत बच्चा निकालिएको हो । जानकारहरुका अनुसार ७० देखि ८० हजारमध्ये एक÷दुई जनामा तिनवटा बच्चा जन्मने बताउँछन्