प्रतिनीधिसभा समानुपातिको नतिजा केही दिनमै



सैघाली खबर
काठमाडौं,११ पुस


प्रदेश र प्रतिनिधि सभाको मतगणना सकिएको ११ दिन बितेपनिअझै निर्वाचन आयोगले औपचारिक रुपमा अन्तिम नतिजा सार्वजनिक गर्न सकेको छैन । मतगणना सकिएपनि अन्तिम नतिजा आउन ढिलाई हुँदा आयोगप्रति सबैको चासो बढेको छ ।

कांग्रेसले अध्यादेशको टुंगो नलागेसम्म प्रतिनिधिसभा तर्फको समानुपातिकको अन्तिम नतिजा घोषणा गरे त्यो असंवैधानिक हुने चेतावनी दिएको छ । कांग्रेसको अप्रत्यक्ष दबाबका कारण आयोगले नतिजा सार्वजनिक गर्न ढिलाई गरेको टिप्पणी भइरहेको छ ।

गएको शुक्रबार मात्रै आयोगले प्रदेशसभा तर्फको सिट बाँडफाँड गरेको थियो । तर, समानुपातिक तर्फको प्रतिनिधि सभाको सिट बाँडफाँड अझै बाँकी छ । आयोगले भने समानुपातिकतर्फको काम अझै पूर्ण रुपमा नसकिएको बताएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले अब केही दिनमा नतिजा सार्वजनिक हुने बताउनुभयो । आयोगले नतिजा सार्वजनिक गरेको ३० दिनभित्र सरकार गठन लगायतका काम सुरु गर्नुपर्ने संबैधानिक बाध्यता छ ।आयोगले प्रतिनिधि सभाको समानुपातिक नतिजा र सिट बाँडफाँड टुंग्याएपछि त्यसको ३० दिनभित्र सरकार गठन लगायतका काम सक्नुपर्ने हुन्छ ।तर, दलहरुबीच राष्ट्रिय सभाको चुनावी प्रणालीबारे सहमति बनेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्