सुदुरपश्चिमका स्थानीयतहमा औषधी अनलाइन बाट व्यवस्थापन गरिने



उत्तम कुमार थापा बझाङ

सुदूरपश्चिम प्रदेशका स्थानीयतहमा स्वास्थ्य संघसंस्थामा अनलाइनबाट औषधी व्यवस्थापन गरिने भएको छ ।
औषधीको अभाव तथा खेर जजाउस् उदेश्यका साथ सरकारले सुदूरपश्चिमका स्थानीय तहमा औषधीहरु अनलाइन व्यवस्थापन गर्ने भएको हो ।

सरकार वाट औषधीको सप्लाइ गर्दा व्यवस्थित र प्रभावकारी बनाउन यस्तो इलोक्टोनिक सिष्टम गर्न लागेको सरकारी अधिकारीहरुले वताएको छन् ।
प्रदेश स्वास्थ्य निर्देशनलायले स्थानीयतहका स्वास्थ्य प्रतिनिधिहरु लाइ इलोक्ट्रोनिक मार्फत औषधी सामग्री व्यवस्थापन स्टमवारे यसवारे तालिम दिन सुरु गरिएको छ ।

बझाङमा आइतवार तालिमको सुरुवात गरेको छ । तालिममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले यो प्रविधिवाट स्वास्थ्य क्षेत्रमा राम्रो सुधार हुने र जनतालाइ औषधी उपचारमा सहज हुने वताए । तालिममा सहजीकरण गर्न व्यवस्थापन महाशाखा वाट आएका प्रशिक्षकहरुले यस प्रविधिको वारे प्रशिक्षण गर्ने भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा आइतवार वाट सुरु भएको तालिममा पनि जिल्लाका सवै पालिका वाट २४ जना स्वास्थ्य प्रतिनिधि सहभागी भएका जिल्ला स्वास्थय कार्यालयका प्रमुख भानु जोशीले वताए ।

तालिम सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा युएसएआइडी जीएचएसी पिएसएम प्रोजेक्टको आर्थिक सहयोग रहेको छ । प्रलेशका सवै ८८ वटा स्थानीयतहका स्वास्थ्य प्रतिनिधि लाइ यो तालीम दिइने स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्