राप्रपा राष्ट्रवादी रणनीतिक छलफलमा



सैघाली खबर
काठमाडौं,११ पुस


एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समिति आज पनि बस्दैछ । बैठकमा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ ।

समितिका पदाधिकारी तथा सदस्यले अध्यक्षको प्रतिवेदनमा धारणा राख्ने कार्य जारी रहेको छ । बैठक केहीबेरमा काठमाण्डुमा बस्नेछ । १७ सदस्यीय समितिका अधिकांश सदस्यले मुलुकमा विकास भएको राजनीतिक अवस्था, पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयबारे समीक्षा गर्ने, धारणा राख्ने र भावी रणनीति तय गर्ने योजना रहेको राप्रपा राष्ट्रवादीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्