कोरोनामुक्त भइन् मलाइका अरोडा



काठमाडौँ /५ असोज।

सेप्टेम्बर ७ मा बलिउड नायक अर्जुन कपुर र नायिका मलाइका अरोडामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् । अहिले मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् ।

मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्