माओवादी केन्द्र रोल्पाको उम्मेद्धार टुङग्यो



रोल्पा २२ जेठ । स्थानीय तहको निर्बाचका लागि माओवादी केन्द्र रोल्पाले उम्मेदवार टुंगो लगाएको छ । रोल्पाका दश वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जस मध्य रोल्पा नगरपालिकाको मेयरमा पूर्ण केसी र उप मेयरमा मनकुमारी घर्ती मगर छन् । त्यस्तै लुंग्री गाउँपालिकाको अध्यक्षमा तुलबहादुर खड्का, उपाध्यक्षमा मनखना घर्ती मगर, सुनछहरी गाउँपालिकाको अध्यक्षमा आशबहादुर पुन, र उपाध्यक्षमा पवित्रा घर्ती मगर , रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा चन्द्रकली घर्ती मगर, दुईखोली गाउँपालिकाः को अध्यक्षमा निमकान्त डाँगी र उपाध्यक्षमा हितकुमारी बुढा, सुवर्णावती गाउँपालिकाको अध्यक्षमा गुनेन्द्र घर्तीमगर र उपाध्यक्षमा बागमती क्षेत्रीनी, माडी गाउँपालिकाको अध्यक्षमा नन्दबहादु पुनमगर र उपाध्यक्षमा धनिकला घर्ती बुढामगर, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गंगाप्रसाद घर्तीमगर र उपाध्यक्षमा लालसरी घर्ती मगर , सुकिदह गाउँपालिकाको अध्यक्षमा वीरबहादुर केसी र उपाध्यक्षमा रीता घर्तीमगर तथा थबाङ गाउँपालिकाको अध्यक्षमा वीरबहादुर घर्तीमगर र उपाध्यक्षमा रामकिरणी रोकामगर रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्