सैघाली खबर
काठमाडौं,११ पुस
मैतीदेवीमा मंगलबार बिहान बस पल्टिँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। बा २ख ८७३३ नम्बरको बस बिहान बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट बिजुलीको पोलसमेत ढलेको छ। दुर्घटनामा गम्भीर घाइतेहरुको ट्रमा सेन्टर र बाँकीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।