पत्रकार महासंघमा १ लाख रुपैयाको अक्षयकोष स्थापना



ओमप्रकाश गुप्ता, सिसहनियाँ ५ असोज । नेपाल पत्रकार महासंघ दाङ शाखामा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ कौडिया निवासी पिता चन्द्रप्रसाद शर्मा र आमा रेवन्ता शर्मा तथा उनीहरुको परिवारको तर्फबाट आफ्नो स्वर्गीय छोरा दिपक भट्टराईको प्रथम वार्षिक पुन्य तिथिको अबसरमा नेपाल पत्रकार महासंघ दाङमा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो ।

सोमवार उनकै निवासमा आयोजित स्वर्गीय दिनेश भट्टराईको प्रथम बार्षिक स्मृति दिबसको अबसरमा स्वर्गीय भट्टराईका पिता चन्द्रप्रसाद शर्माले नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष लिला शाहलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । शसस्त्र प्रहरीमा कार्यरत २६ वर्षिय भट्टराईको २०७६ साल असोज ५ गते गत बर्ष सोमवारकै दिन मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य नारायणी शर्माले समाज रुपान्तरणको शुरुवात नयाँ काम र नयाँ सोच बाट हुने भन्दै आफ्ना दिबगत सन्तानलाई चिरस्थाई राख्न अक्षय कोषको स्थापना नयाँ कामको शुरुवात भएको बताइन् ।

कर्यक्रमका अर्का बक्ता प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुराना कुरुतीहरु पन्छाउदै नयाँ सोच सहित अगाडी बढ्नका लागि स्वर्गीय दिनेश भट्टराईको परिवारले गरेको कामको सराहाना गरे । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले अक्षय कोषको रकमको सहि सदुपयोग हुनेमा बिश्वस्ता हुन परिवारलाई आग्रह गरिन् । स्थानीय समाजसेवी तथा शिक्षक शोभाकर आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन चन्द्रप्रसाद शर्माले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्