वामदेवलाई राष्ट्रिय सभामा जान रोक्ने तयारी



काठमाडौं । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गरेको रिट निवेदनमा नेता गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ ।

नेता गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । अदालतले निवदेनमाथि प्रारम्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्