आशाका किरणद्धारा देउखुरीका ३ स्वास्थ्य चौकीमा अटो सेनिटाइजर मेसिन प्रदान



ओमप्रकाश गुप्ता, सिसहनियाँ ५ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको आशाका किरणहरु नामक संस्थाले देउखुरीका ३ वटा स्वास्थ्य चौकीलाई सेनिटाइजर सहित अटो सेनिटाइजर मेसिन बितरण गरेको छ ।


बिश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट स्वास्थ्कर्मीहरु सुरक्षित रहदै बिरामीहरुलाई सेवा दिनुपर्ने भएकोले उक्त मेसिन स्वास्थ्य चौकीहरुलाई बितरण गरिएको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् ।

संस्थाले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीका इन्चार्ज गिरबहादुर पौडेल , गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको गोबरडिहा स्वास्थ्य चौकीका इन्चार्ज खुमानन्द भट्टराई र राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्कालाई अटो सेनिटाइजर मेसिन हस्तान्तरण गरेको छ । सेनिटाइजर सहितको अटो सेनिटाइजर मेसिन प्राप्त गरेपछि सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जहरुले संस्था प्रति आभारी हुँदै खुशी व्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्