बिमल र सारिकाको मनछुने अभिनयमा खुमन अधिकारी र कमला पोखरेलको दशै गित ‘म त आऊन पाऊदिन’ सार्वजनिक



ओमप्रकाश गुप्ता, सिसहनियाँ ५ असोज । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच पानस फिल्मस्को प्रस्तुतिमा संगिता थापा वानियाको नया दशै कोसेलि ‘म त आऊन पाऊदिन’ गितको म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।निशान बानियाको उत्कृष्ट शब्द सृर्जना एवम् सुमन परियारको लय रचना रहेको गितमा लोकप्रिय चर्चित गायक सुमन अधिकारी र चर्चित गायिका कमला पोखरेलको सुमधुर आवाजमा सजिएको छ ।

गरिविको यथार्थ पिडा , प्रदेशीको कथा अनि दशैतिहारमा घर आऊन नभएको पिडा आदि विषयवस्तु  गितमा दर्शाईएको छ । उक्त गितको म्युजिक भिडियोलाई पानस फिल्मसका निर्देशक निशान वानियाले उत्कृष्ट निर्देशनमा गरिएका छ भने गितको म्युजिक भिडियोमा  चर्चित लोकप्रिय अनुहारहरु विमल अधिकारी र सारिका केसिको मनछुने अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ । गिक्त गितलाई  Panas Films को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।

https://www.youtube.com/watch?v=sbhdU9gmewM

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्