वैदेशिक रोजगार



राजकुमार कार्की

गोरखा भर्तीहुँदै खाडी मुलुकसम्म
आइपुग्यो वैदेशिक रोजगार
बन्दाबन्दीले नेपालको अर्थतन्त्र
खस्किँदै छ बेलैमा होस गर
रेमिटेन्सले अर्थतन्त्र धानेको छ भन्दैछ सरकार
नियम कानुन बनाउँदा डलरखेतिको सल्लाहमा हलो अड्काएर
र, वा कमा, ले नियम कानुन घुमाएको छ कलम रड्काएर
व्यक्तिगत लाभ हानीले गर्दा देशले धेरै कोटा गुमाएको छ
रोजगारदाता कम्पनी भन्छन् हामीले भिजा टिकट दिने
रोजगार हामीले दिएपछि कामदर आउन किन ढिलो हुने
कामदारहरु भन्दछन् छिटोछरितो विदेश जान पाउँ
व्यवसायी भन्छन् करोडौँको धरौटी राखेर
किन बदनाम गर्दैछन् हाम्रो नाउँ ।

हामी मात्रै हैनौं जनशक्ति दाता अरु देश पनि छन हेर
रोजगार दाता भन्दछन् नेपालको नियम कानुन साह्रै भयो धेर
सेवा शुल्क नियम परिवर्तन समय समयमा हुनुपर्दछ हेरफेर
सरकार व्यवसायी रोजगारदाता मिली गरौं गोलमेच सम्मेलन
नियम कानुन बनाउँदा दक्षिण एशियाली मुलुकहरुको नी हेर
कानुन बनाउँदा एनजिओ, आइएनजिओले घेर्दछन् धेर

अरु देशमा बिहान भिजा आए बेलुकासम्म कामदार जान्छन् हेर
नियम र कानुन तालमेल नभए हाम्रा सबै कोटा लान्छन् हेर

कोरोनाले वैदेशिक रोजगारलाई नराम्रोसँग हानेको छ झापड 

करोडौंको बैंक ग्यारेन्टी सरकारको साथ छ पचास लाख फिर्ता भए मात्र व्यावसायी बाँच्छ

संविधानले प्रष्ट भन्छ कुनै खाले सिण्डिकेट मान्दिन
मन्त्रालय भन्छ वार्षिक एकसय नपुर्याए अनुमति दिन्न
यता सरकार दगुर्दैछ लगानी खोज्न यूरोप अमेरिकातिर हेर
कामदारको लगानीको ग्यारेन्टी गर्दा जाँदैन कुनै आयोजना खेर ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्