रोकेको ट्रकमा एम्बुलेन्स ठोक्किएर दुर्घटना, तीन जना घाईते



कैलालीमा रोकेको ट्रकमा एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ मा डोटीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ च २८७१ नम्बरको एम्बुलेन्स सडकमा रोकेको ना ६ ख २२१५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा तीन जना घाईते भएको जानकारी दिए।

घाईते हुनेमा डोटीको शिखर नगरपालिका वडा नम्बर ४ का ५० वर्षीया गौरीमाया महरा, ३६ वर्षीय नारायण महरा र २७ वर्षीय देवबहादुर महरा रहेको प्रहरी नायब उपरिक्षक विष्टले बताए।

उनीहरुको अवस्था मध्यम रहेको छ। तीनै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

चालक धनगढी उपमहानगरपालिकाका जयकिरन चौधरी भने समान्य घाईते भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्