राजपा अध्यक्षमण्डलको बैठक आज, चुनावी समीक्षा हुने



सैघाली खबर,
काठमाडौं, ११ –पुस। राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै चुनावमा विजयी भएका रेशम चौधरीलाई प्रमणपत्र आफै लिन आउन सर्वोच्च अदालतले दिएको आदेश लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसैगरी समानुपातिक सांसद छनौटमा देखिएको विवादबारे पनि छलफल हुने राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ११ सिट जितेको राजपाले सामानुपातिकमा ६ सिट पाउने छ । राजपाका नेताहरुले समानुपातिकको प्राथमिकताको सूचिमा आफन्त र आसेपासेलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्