पल शाह र साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै फिल्म गर्ने पक्का



काठमाडौँ /६असोज।
अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै फिल्म गर्ने भएका छन् । पल र साम्राज्ञीले यस फिल्मबाट नै पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । रमेश एम.के. पौडेलको नयाँ फिल्म ‘रेड वाइन’मा यो जोडी रहने भएको छ । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन् । चलचित्रमा कथा र गीत लेखन पौडेलकै रहने छ ।

लभस्टोरी फिल्म ‘रेड वाइन’ मार्फत निर्माता पौडेल निर्देशकको रूपमा आउने भएका छन् । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि अभिनय गर्ने बताइएको छ । यस फिल्ममा ब्यवसायि पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । सह-निर्माता निरू भण्डारी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्