नायक आकाश श्रेष्ठ र सलोन बस्नेत संगै काम गर्दै



काठमाडौँ /६असोज।
अभिनेता आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने चलचित्र ‘हिड्दा हिड्दै’को सोमबार शुभ मुहुर्त गरेको छ । फिल्ममा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने यो चलचित्र नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको हो। फिल्मका निर्देशक मिलन आले मगर हुन् । शुसिल पंगेनीले लेखेको फिल्मका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् भने संगीत बसन्त सापकोटाको रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्