ड्रग्सकै मुद्दामा रिया चक्रवर्ती पछि दीपिका पादुकोणको नाम सार्वजनिक



नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् । उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ ।दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले उनी ड्रग्स सेवन गरेकै कारण डिप्रेशनमा पुगेको भन्दै ट्विट गरेकी छिन् ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्