जयकिशन बस्नेतको चलचित्र ‘लक्ष्मीपूजा’ दशैँमा रिलिज हुदै



काठमाडौँ /६ असोज।

निर्माता शोभित बस्नेतले चलचित्र ‘लक्ष्मीपूजा’को निर्माण गरिरहेका छन् । यो चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका छ । चलचित्रमा नायक सलोन बस्नेत र मोडल रियाशा दाहाल विशेष भूमिकामा देखिदैछन् ।दशैंमा हलमा नै रिलिज गर्ने गरि उनले यो चलचित्रको छायांकन भैरहेको बताए ।

यो चलचित्रमा नायिका जाहान्वी दोहोरो भूमिकामा देखिदैछिन् । पारिवारिक प्रेमकथामा निर्माण भैरहेको यो चलचित्रलाई दशैं र तिहारको परिवेशमा प्रस्तुत गरिएको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको कथा, रामजी लामिछानेको कोरियोग्राफी, जयकुमार दर्लामीको छायांकन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्