दैनिक सुन्दर र आकर्षक बन्न गर्नुपर्ने कामहरु



नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा एक देखि दुई पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन । दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।दैनिक रुपमा कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ ।

बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस् । यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ।नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ ।

यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ । साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फइदाजनक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्