पहिरोमा पुरिएर गुल्मीमा २ जनाको मृत्यु , एक जना घाइते



गुल्मी । पहिरोमा पुरिएर गुल्मीका २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ रातचौरमा बाटो माथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन् । पहिरोमा परेर ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।

उनको अवस्था समान्य रहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । घाइते तिलकको सोमबार राति नै उद्धार गरिएको भएपनि दुई जनाको भने मंगलबार बिहान शव नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव फेला पारेको गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्