लमही नगरपालिकाका एक वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि



ओमप्रकाश गुप्ता, लमही ६ असोज । दाङ देउखुरीको लमही नगरपालिकाका १ वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सोमबार गरिएको पिसिआर परिक्षणमा लमही नगरपालिका अन्तरगतका एक जना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जानकारी दिएको छ । जसमा २ जना समुदाय स्तरका नागरिक पनि हुन् । लमही नगर क्षेत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार लमही नगरका समुदायमा १ सय ५० जनाको पिसिआर गरिएको थियो ।

समुदाय स्तरमा २ जनामा पोजेटिभ रिपोर्ट आएका दुबै जना लमही नगरपालिका ५ नम्बर वडाबासी हुन् । त्यस्तै वडा नम्बर १, ४, ५ र ६ नम्बर वडाका १÷१ जनामा कोरोना पोजेटिभ देखिएको हो । २ जना समुदाय स्तरका र ४ जना भारतबाट आई नेत्रलाल स्मृतीको क्वारेनटिनमा बसेको बताइएको छ । उनीहरु सवै २३ देखि ६२ वर्ष उमेरका सवै पुरुष हुन् ।

समुदाय स्तरमा कोरोना देखिएका वडा अध्यक्ष र आर्का एक व्यक्ति होम आइसुलेसनमा बसेका छन् भने क्वारेन्टाइनमा बसेका ४ जना आइसुलेसनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् । लमही नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार अहिले सम्म लमही नगर क्षेत्रमा समुदाय स्तर र क्वारेनटिन गरि १ हजार ८१ जनाको पिसिआर गरिएको छ । जस मध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३८ जना निको भएर घर फर्किसकेको स्वास्थ्य प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार नगर क्षेत्र अन्तरगत रहेको एक मात्र क्वारेनटिनमा अझै २० जना नागरिक रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्