जबरजस्ती ब्याज असुल्ने वित्तिय संस्थालाई विप्लव नेकपाले गर्यो कारबाही



सुर्खेत । विद्रोही नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको अवस्थालाई मध्यनजर गर्दै परिस्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको एकहप्ता नबित्दै एनआरएन नामक वित्तिय संस्थाका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अछामको कमलबजार नजिकै जनतासँग चर्को ब्याजदर असुली गरिएको थाहा पाएपछि पुगेको टोलिले उक्त लघुवित्तका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ । नेकपाका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले गत सोमबार वक्तव्य जारी गर्दै पार्टीको निर्देशन अटेर गरेर डिप्रोस नामको वित्तीय संस्था (माइक्रो फाइनान्स)ले कमलबजार नपा–७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘डिप्रोस भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले कमलबजार नपा–७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पूर्ण जनताको सहभागितामा चेतावनी सहित उठाइएको झण्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गराई प्रतिनिधिलाई त्यहाँबाट लखेटिएको थियोे ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्