नवलपरासीका बाढी प्रभावित परिवारलाई टेन्ट र त्रिपाल वितरण



रबिन्द्र यादव६ असोजनेपाल–भारत महिला मैत्री समाजले बाढी प्रभावित परिवारलाई व्यस्थित टेन्ट र त्रिपाल वितरण गर्न सम्बन्धित स्थानिय तहलाई उक्त सामाग्री हस्तान्त्रण गरेको छ । समाजले नवलपरासी पश्चिमका बाढी प्रभावित घरपरिवारहरुलाई राहतका लागि भारतीय दुतावासबाट सहयोग प्राप्त उक्त टेन्ट र त्रिपाल सरावल र प्रतापपुर गाउँपालिकालाइ हस्तान्त्रण गरेको हो ।
गाउँपालिकाहरुलाई हस्तान्त्रण गरिएको टेन्ट र त्रिपाल भोली बुधबार पिडित परिवारको घरदैलोमा लगि वितरण गरिने छ । नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले भारतीय दुतावास संग व्यक्तिगत पहल गरि ल्याएकोे आधुनिक व्यस्थित टेन्ट र त्रिपाल जिल्लाको १०५ जना बाढी प्रभावित परिवारलाई वितरण गरिने छ । जिल्लाको सरावल गाउँपालिका वडा ६ र ७ का ७५ जना बाढी प्रभावित र प्रतापपुर गाउँपालिका ३ का ३० जना बाढी प्रभावितहरुलाई उक्त टेन्ट र त्रिपाल वितरण गरिने छ ।
आज मंगलबार एक औपचारिक कार्यक्रम बिच कार्यक्रम प्रमुख अतिथि सांसद चन्दा चौधरीले जिल्ला विपद व्यवस्थापन समिति मार्फत सरावल र प्रतापपुर गाउँपालिकालाई उक्त राहत सामाग्री हस्तान्त्रण गर्नु भएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथि सांसद चन्दा चौधरीले, यसै संस्थाद्धारा जिल्ला सहित विभिन्न जिल्लाहरुमा यस्तै राहत सामाग्री वितरण भैरहेको र आगामी दिनमा पिडित घरपरिवारलाई थप राहतका सामाग्रीहरु वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले यो राहत सामाग्रीबाट लक्षित पिडित वर्गलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गुर्न भयो ।
त्यस्तै कार्यक्रममा सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले यो राहत सामाग्री लक्षित वर्गलाई वितरण गरिने र थप यस्तै किसिमको सहयोगको आवश्यक्ता रहेको बताउनु भयो । हस्तान्त्रण भएको टेन्ट र त्रिपाल समाजका अध्यक्ष एवं सांसद चन्दा चौधरीको विशेष पहलबाट भरतीय दुतावासबाट प्रताप्त भएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्