बिद्यालय सुधार योजना बनाउन जान्दैनन् शिक्षकहरु



दिपक बोहरा, तुलसीपुर ११ पुस ।

बिद्यालय सुधार योजनामा ( एसआईपी) बिद्यालयको समग्र योजना समेटिन्छ । विद्यालयको सर्वाङ्गीण विकासका लागि तयार गरिने रणनैतिक आवधिक योजनाको रुपमा रहेको विद्यालय सुधार योजनामा विद्यालयलाई बदलिदो समयको मागअनुसार विद्यार्थीको पहुँच एवम सिकाइ स्तरमा वृिद्ध ल्याउन , विद्यालयको भौतिक सुधार, विद्यार्थी तथा शिक्षक व्यवस्थापन र विकास, आर्थिक, भौतिक तथा मानवीय स्रोतको पहिचान एवम उपयोग गर्ने नीति समेटिएको हुन्छ । राप्ती समाचार राष्ट्रिय दैनिकमा खबर छ ।

जुन योजनमा बिद्यालयको पाँच बर्ष भित्र गर्ने कामहरु समेटिएका हुन्छन् । त्यही योजनामा टेकेर बिद्यालयले कार्य सम्पादन गर्छन् । बिद्यालयको प्रमुख योजनाको रुपमा बिद्यालय सुधार योजनालाई लिईन्छ । तर दाङका अधिकांस बिद्यालयले बिद्यालय सुधारका योजनाहरु बनाउन जान्दैनन् । बिद्यालयको समग्र बिकास गर्ने योजना नै प्रभाबकारी नभएपछि सामुदायीक बिद्यालयको शैक्षिक स्तर घट्दै गएको शिक्षाबिद डा. शुरेस गौतमले बताए । ‘शैक्षिक स्तर बृद्धि गर्न ती योजन बनाईन्छ’ उनले भने ‘ ती योजना बनाउन नजाने पछि कसरी बिद्यालयको बिकास हुन्छ ।’

अहिले बिद्यालयहरुले बजारबाट किनेर लिएको बिद्यालय सुधार योजना पुस्तिकाबाट साभार गरेर आफ्ना योजना बनाउछन् । ‘बिद्यालय सुधार योजना सम्बन्धि तालिम लिईएको थियो तर गहिरिएर हामीले योजना निर्माण सम्बन्धी तालिम लिन पाएका थिएनौं’ जनज्योती माबि रणीयापुरका प्रधानध्यापक प्रकाश भट्टराईले भने ‘ हामीले बजारबाट लिएका योजना पुस्तिकाबाटमात्रै साभार गर्दै आएका छौं ।’

बिद्यालय सुधार योजना पुस्तिका सम्बन्धित पक्षलाई बुझाउन मात्रै बनाईने गरेको महेन्द्र माबि तुलसीपुरका शिक्षक रामेश्वर अधिकारीले बताए । ‘योजना त बन्छन्’ उनले भने ‘ तर ती योजना ब्यबहारमा लागु हुँदैनन्, दराजमा मात्रै थन्किएका हुन्छन् ।’ जिल्ला शिक्षा , उपमहानगरमा बुझाउन मात्रै ती योजना काम लाग्छन्, काम गर्ने सन्दर्भमा ती योजना प्रयोग हुने गरेका छैनन्’ उनले थपे ।

यस अघि राज्यले शिक्षकलाई ठोस रुपमा बिद्यालय सुधार योजना बनाउन नसिकाउदा यस्तो समस्या निम्तिएको उनको भनाई छ । शिक्षकहरु नै गहिरो रुपमा सुधार योजनाका बारेमा जानकार नहुँदा बजारबाट किनेका योजना पुस्तकबाट साभार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

बजारबाट किनेर साभार गरिएका योजनाहरुमा गहिरिएर बिद्यालयका आबश्यकताहरु नसमेटिदा योजनाहरु पनि प्रभाबकारी रुपमा अगाडि बढ्न नसकेको तुलसीपुर उपमहानगरका शिक्षा शाखा प्रमुख भास्कर गौतमले बताए । ‘ गहिरिएर योजनाहरु निर्माण हुन सकेका छैनन्, उनले भने‘ बिद्यालयका आबश्यकता अनुसारका योजनाहरु निर्माण हुँन सकेका छैनन् । ’

औपचारिकता पुरा गर्न मात्रै बनाईएका ती योजनाहरुमा बिद्यालयका समस्या गहिरिएर नआउने गरेको उनको भनाई छ । अहिले उपमहानगरपालिकाको शिक्षा शाखामा पठाएका अधिकांस योजनाहरु पनि प्रभाबकारी नभएको उनले बताए ।

बिद्यालय सुधार योजनामा पाँच बर्षमा बिद्यालयमा गरिने योजनाहरु समेटिएको हुन्छ । ती योजनाहरु प्रत्येक बर्ष अध्याबधिक गरि पुनः तयार गरिन्छ । त्यही अनुसार बिद्यालयका हरेक कार्यहरु अगाडि बढाउने गरिन्छ तर ती योजनाहरु प्रभाबकारी नहुँदा अहिले सम्म बिद्यालयको गुणस्तर बृद्धि हुन सकेको छैन, भने भौतिक पुर्बाधार निर्माणका कार्य पनि प्रभाबकारी रुपमा अगाडि नसकेको बताईएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायीक बिद्यालयका शिक्षकहरुलााई पञ्च बर्षे बिद्यालय सुधार योजना निर्माण सम्बन्धि दुई दिने गोष्टि भएको् छ । गोष्ठीमा शिक्षा बिद काठमडौ बिश्वबिद्यालयका प्राध्यापक डा. शुरस गौतमले बिद्यालय सुधार योजना कसरी बनाउदा बिद्यालयको शैक्षिक स्तरमा बृद्धि हुन्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

तुलसीपुर उपमहानगरपालि र समाजमा वातावरणीय शिक्षाको विकास (सीड)को आयोजना तथा आईएम नेपालको सहकार्यमा भएको गोष्ठीमा तुलसीपुर क्षेत्रमा रहेका सामुदायीक बिद्यालयका प्रधानध्यापक, शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरुले आफुहरुले तालिमबाट बिद्यालय सुधार योजना निर्माण सम्बन्धि गहिरिएर अध्ययन गर्ने मौका पाएको बताएका थिए ।

यस अघि औपचारिकताका लागि मात्रै ती योजनाहरु बनाउने गरेको र प्रभाबकारी नबनेको भन्दै अबका दिनमा प्रभाबकारी रुपमा बिद्यालय सुधारका योजना निर्माण गरी गुणस्तरीय शिक्षामा बृद्धि गर्ने बताएका थिए । साथै तुलसीपुर उपमहानगरपालिकालाई शिक्षाको हब बनाउन समेत मद्धत पुग्ने उनीहरुको भनाई छ ।

साथै गोष्ठीको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको थियो । सीडका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका शिक्षा शाखा प्रमुख भास्कर गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण सीडका कार्यक्रम संयोजक माधव चौधरीले गरेका थिए ।​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्