नयाँ दिल्ली । नारकोटिक्स कन्ट्रोल ब्यूरोको सोधपुछमा दीपिकाकी प्रबन्धक जया शाहले चकित पारिदिने खुलासा गरेकी छिन् । एजेन्सीको सोधपुछमा अधिकारीले उनको च्याटबारे सवाल जवाफ गर्दा उनले अभिनेत्री श्रद्धा कपुरका लागि सिबिडी ओयल (गाँजाको तेल) को बन्दोबस्त गरिदिएको बताएकी छिन् ।
जयाले श्रद्धाका लागि गाँजाको तेल अनलाइनमार्फत् मगाएकी थिइन् । यस्तै नम्रता शिरोडकरसँगको च्याटको प्रश्नमा जयाले च्याट त उनकै भएको तर आफूलाई यसबारे केही याद नभएको बताएकी छिन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।