देशभर ११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज थप ७ जनाको मृत्यु



काठमाडौ । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १०४ जना क्वारेन्टिनमा रहेका छन् । देशभर जनाको ४३ भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जस अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए ।शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो मंगलबार दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भयो भने सोमबार १६ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्