ट्रकको ठक्करबाट एकजनाको मृत्यु



सैघाली खबर,
सर्लाही, ११ पुस –। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा सोमबार बेलुका ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

सर्लाहीको हरिवनबाट उखु लोड गरेर महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरका लागि छुटेको ना ३ ख ९४९० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

ज्यान गुमाउने महिलाको पहिचान भएको छैन । दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले पक्राउ गरी लिएर अनुसन्धान गरिरहेको छ । महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्