समाचार

माबि शुभ–प्रभातमा सरसफाई

By थाहा अनलाइन

December 26, 2017

सैघाली खबर, दाङ ११ पुस । शुभ प्रभात मावि विद्यालय घोराहीमा सरसफाई गरिएको छ । बिद्यालयका शिक्षक विद्यार्थी, विद्यालयले व्यवस्थापन समितिको सहभागितामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा सहभागी भएका सबैले विद्यालयको कक्षाकोठा , खेल मैदानको सरसफाई गरिएको थियो ।

सरसफाई तर्फ दाङको नुमना योग्य विद्यालयका रुपमा स्थापित गर्नका विद्यालयले लागि सरसफाई गरेको विद्यालय प्रधानध्यापक गणेशराज श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसै सरसफाई कार्यक्रममा बोल्दै घोराही उपमहानरपालिका १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही उपमहानरपालिकालाई सरसफाई तर्फ देशकै उत्कृष्ट उपमहारपालिकाका रुपमा घोषणागर्न लाग्नु पर्ने वताउनुभयो ।

त्यसको सुरुवाट सबै घर तथा विद्यालयबाट सुरु गर्नु पर्ने वताउँदै सबैले सरसफाईको कामलाई निरन्तरता दिनुपर्ने वताउनुभयो । अध्यक्ष डाँगीले सबै व्यक्तिले आफ्नो आनिवानि अनिर्वाय परिवर्तन गरे सरसफाईलाई पूर्णता दिन सकिने वताउँदै त्यसका लागि विद्यालयल गाउँ समाज नै बढी जिम्मेवारी हुनु पर्ने वताउनुभयो ।