डा. केसीको समर्थन र सम्झना कामीको हत्याको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो/भिडियो)



काठमाडौं / १० असोज।
बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा राजधानीमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा दुई समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । यस्तै बलात्कारीलाई फेसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए ।

बझाङको मास्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या गरेको प्रहरीको आशंका छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटककझ अनसन बसिरहेका डा गोविन्द केसीका समर्थकहरुले पनि प्रदर्शन गरेका छन्।

उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्दैगर्दा पक्राउ परेका हुन् । प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तस्बिर/भिडियो : यादव सैघाली/थाहा अनलाइन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्