मृतक सन्तानको बिहे गरिदिने विचित्र गाउँ ,अनि परम्परा



सैघाली खबर,
ज्यूँदोको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । यसको अर्थ ज्यूँदो मान्छेको मात्र बिहे हुन्छ । तर भारतमा भने एउटा यस्तो गाउँ छ जहाँ मरेका बच्चाहरुको बिहे गराइन्छ ।

भारतको उत्तर प्रदेशस्थित सहारनपुर सहर नजिकै रहेको नटों गाउँमा यस्तो परम्परा रहेको छ । डोरीमा हिँड्ने कला देखाउने उक्त गाउँका आदिवासीहरुमा अनौठो प्राचीन संस्कार अद्यापि कायम छ ।

उक्त परम्परा अनुसार गाउँलेहरुले आफ्नो परिवारका मृत बच्चाको विवाह गरिदिन्छन् । जिवित सन्तानकै जस्तो गरी भव्य समारोहको आयोजना गरी मृतकको बिहे गराइन्छ । यसरी बिहे गराइदिनाले मृतक बच्चाको आत्माले शान्ति पाउने र मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ ।

मृतक बालकाका बुवाआमा र मृतक बालिकाका बुवाआमाहरुले एक आपसमा आफ्ना मृतक सन्तानको बिहे गराउने निर्णय गर्दछन् । त्यसपछि मृतक बच्चा तथा बच्ची दुबैको प्रतीकका रुपमा गुडिया तयार पारिन्छ र धूमधामसँग रितिस्थिति अनुसार विवाह गराइन्छ । विवाहमा पूरै समाज जम्मा हुन्छ, नाचगान हुन्छ । साथै प्रीतिभोज पनि हुन्छ ।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्