राप्ती उपक्षेत्रिय अस्पतालले सुविधा बढाउँदै



सैघाली खबर,
दाङ ११ पुस। राप्ती उपक्षेत्रिय अस्पताल घोराहीले सर्वसाधारणका लागि सेवा सुविद्या बढाउने भएको छ । अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणका लागि सेवा बढाउदै जान लागेको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीका मे.सु डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।

असप्तालमा आउने विरामीका लागि लिफ्ट ,अक्सीजन प्लान्ट, अपाङ्गतामैत्री उपचार कक्ष र शौचालय ,आधुनिक सेवा सहितको अप्रेशन थ्रेटर, आई सि.यू÷ एन.आई.सि.यू र वातावरणमैत्री उपचारकक्ष सहितको सेवा सुविधा सर्वसाधारणलाई प्रदान गर्न लागेको जानकारी दिनुभयो । त्यसका लागि आबश्यक दक्ष जनशक्ति तयार भैसेको वताउनुभयो । त्यसैका लागि आबश्यक पर्ने भवन निर्माणका लागि अस्पताल लागेको मेसु पन्थीले जानकारी दिनुभयो ।

१६ करोड ४१ लाख ९४ हजार ८ सय ४२ रुपैयाँको लागतमा निर्माण हुन लागिरहेको उक्त भवन आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न लक्ष्य आफुहरुले राखेको वताउनुभयो ।अबको दुई वर्षमा दाङवाटै आधुनिक संरचना सहितको उपचार सेवासुरु गरिने बताउँदै भवन निर्माणलाई तिब्र रुपमा अगाडी बढेको उल्लेख गर्नुभयो ।भवन अभावका कारण समस्या झेलेको अस्पतालले अबको दुईवर्षमा त्यो समस्या बाट उहाँले बताउनुभयो ।

भवन अभावकै कारण अस्पतालले अत्यावश्यक सेवा समेत सञ्चालन गर्न नसकेको वताउँदै अबको दुई वर्षमा भवन निर्माणले पुर्णता पाउँने र छिट्टै आधुनिक सेवा सुविद्या सहितको सेवा संचालनमा ल्याउने उल्लेख गर्नुभयो ।हाल अस्पतालले तीनवटा भवन वाट आफ्नो सेवा संचालन गर्दै आएको छ ।

अस्पतालमा नवनिर्मित ठुलो भवनको माथिल्लो तला खासै प्रयोगमा आउन नसकेको छैन ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा भए संगै निर्माण थालनी गरेको उक्त भवन प्रतिष्ठान संचालनका लागि पनि सहयोग पुग्ने डा.पन्थीले बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान ‘प्रतिष्ठान सञ्चालनमा समेत निर्माणाधिन भवनबाट संचालन गर्न सक्ने वताउनुभयो । प्रतिष्ठानको आधुनिक अस्पताल भवनका रुपमा पनि यसै भवनलाई प्रयोग गर्ने सक्ने छौ ।

प्रतिष्ठान तोकिए संगै तत्कालका लागि अध्ययन अध्यापनका लागि भवन आवश्यक पर्ने गरेमा निर्माणाधिन भवनलाई तत्कालका लागि प्रतिष्ठान सेवाका रुपमा विकास गर्न सकिने वताउनुभयो ।नवनिर्माणाधिनको ३० प्रतिशत सम्पन्न भईरहेको भवन डिभिजन कार्यालय दाङले जनाएको छ ।

२०७४ साल असार १ गते वाट निर्माण सुरु गररिएको थियो ।२०७६ असार १५ गते सम्म निर्माण सम्पन्न हुने गरी एम.क दिवाजेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको छ । त्यस्तै भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र पाण्डेले राप्ती अञ्चलकै स्वास्थ्यालय क्षेत्रको ठुलो र सुविधा सम्पन्न भवन रहेको बताउनुभयो ।

५० सैया वेडको निर्माण हुन लागिरहेको उक्त भवन ५ नं. प्रदेशका सर्वसाधारणको उपचारका लागि सहजता पु¥याउने वताउनुभयो ।प्राविधिक रुपमा निकै मजवुत तरिकाले निर्माण गरिन लागेको उक्त भवन सम्भवत पश्चिम नेपालकै स्वास्थ्यसेवा क्षेत्रको उत्कृष्ट भवन रहेको दावी पनि गर्नुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्