वैद्य र विप्लव एउटै बन्ने गृहकार्यमा , माओवादी–एमाले एकताबारे के भन्दैछन् त



सैघाली खबर,
काठमाडौं ११ पुस। मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युष्टि पार्टी ९क्रान्तिकारी माओवादी० र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको पहल शुरु भएको नेताहरुले जनाउ दिएका छन् ।

माओवादी केन्द्र एमालेमा पतन हुन लागेको निश्कर्ष निकाल्दै वैद्य र विप्लवले पार्टी एकता गर्ने तयारी थालेका हुन् । दुबै नेताले संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी कम्युनिष्टहरु बीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएको बताएका छन् । पार्टी एकताका लागि पहल सुरु भएको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमार्फत नेताहरुले राष्ट्रिय स्वाधिनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारको मुद्दामा संयुक्त संघर्ष र जनयुद्ध, शहिद सप्ताह र जनआन्दोलन लगायतका दिवस संयुक्त रुपमा मनाउने समेत बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्