प्रतिद्वन्दी बाइडेनमाथी ट्रम्पको हावादारी ब्यंग्य



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन् “निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ । मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्ने हो ।”

ट्रम्पले आफ्नो दावीको लागि कुनै ठोस प्रमाण पेश नगरिकन नै भने, “स्वभाविक रूपमा, म पनि ‘एउटा’ लिन सहमत छु । निर्वाचन बहसलाई हल्कारूपमा राख्न अमेरिकी इतिहासमा मैले रेकर्ड स्थापित गरेको छु । बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्