मनराज कठायत,सुर्खेत /१२ असोज।
माओवादी नेता, कार्यकर्ताहरुले आफ्नो पूर्व नेता पुष्पकमल प्रचण्ड समूहलाई मालेमावादको मार्गदर्शक सिद्धान्त र जनताको न्यायोचित आन्दोलनको कार्यभार छाडेर एमालेकरण भएको आरोप लगाउँदै गर्दा पछिल्लो समय देशका विभिन्न स्थानहरुबाट इमान्दार नेता, कार्यकर्ताहरु डबल नेकपा परित्याग गरेर पुर्न माओवादी आन्दोलनमा फर्कने बढेको छ ।
प्रचण्ड समूहले माओवादी केन्द्रको नाममा पूर्व एमालेसँग गरेको पार्टी एकिकरणलाई माक्सवादबाट विचलन तथा जनताको न्यायोचित आन्दोलन छाड्दै संसदवादमा पतनहुने बाटो समातेको भन्दै डबल नेकपाका नेता, कार्यकर्ता तथा समर्थक जनसमूदायहरु पछिल्लो समय देशका विभिन्न स्थानबाट नेकपा (माओवादी केन्द्र) मा फर्कने क्रम बढेको हो ।
डबल नेकपामा पहिले प्रचण्ड समूहसँग एकता प्रकृयामा गएका देशभक्त, जनप्रेमि तथा मालेमावादप्रति प्रतिवद्ध नेता, कार्यकर्ताहरुले उक्त पार्टीको नीति, कार्यक्रम र सैद्धान्तिक, वैचारिक विचलनका कारण त्यहाँ टिक्ने अवस्था नरहेको भन्दै पुरानै घर माओवादी केन्द्रमा फर्कने गरेको बुझिएको छ ।
त्यसैबीच माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको नेतृत्वमा प्रेस सेन्टरको जारी मेची–महाकाली संगठन विस्तार तथा प्रशिक्षण अभियानका क्रममा समेत देशका विभिन्न स्थानहरुबाट सत्ताँरुढ नेकपा लगाएतका पार्टी परित्याग गरेर दर्जनौ नेता, कार्यकर्ता तथा समर्थक जनसमूदायहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
प्रेस सेन्टर नेपालको अभियानको क्रममा गत भाद्र २६ गते शुक्रबार कर्णाली प्रदेशको कालिकोट मान्म बजारमा आयोजित एक कार्यक्रमबीच डबल नेकपाका करिब आधा दर्जन बढी नेता, कार्यकर्ता तथा आस्थवान युवाहरुले उक्त पार्टी दलाल संसदवादमा पतन भएको, मालेमावाद छाडेको भन्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।
कालिकोटको मान्ममा आयोजित उक्त कार्यक्रमबीच माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका युवा नेता, सामाजिक अभियन्ता लोकराज जैसीले रातोसलाम सहित पार्टीमा स्वागत गरेका थिए । पार्टीमा आएका युवाहरुलाई पार्टी र विभिन्न संगठनहरुमा जिम्मेवारी दिइने भएको छ । मान्ममा आयोजित उक्त कार्यक्रमबाट माओवादी केन्द्रमा प्रवेश गर्नेमा युवा, विद्यार्थी धेरै रहेका छन । जस्मा स्थानीय व्यवारी तथा युवा सामाजिक अगुवा नविन चौलागाई, पत्रकार तथा विद्यार्थी उमेश विष्ट, स्थानीय युवाहरु विरेन्द्र विष्ट, वसन्त विष्ट, जनक विष्ट लगाएत रहेका छन ।
त्यस्तै देशव्यापी अभियानको क्रममा कर्णाली प्रदेशको जुम्ला, सुर्खेत, दैलेख लगाएतका विभिन्न जिल्लाबाट करिब एक दर्जन बढि डबल नेकपाका नेता, कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किएको बुझिएको छ ।
माओवादी जनयुद्धको प्रकृयामा ठूलो भूमिका निर्वाह गरेका पुराना नेता, कार्यकर्ताहरु, योद्धा, घाईते, शहीद तथा वेपत्ता परिवारहरुसँग समेत छलफल भएको र कर्णाली प्रदेशबाट डबल नेकपाको ठूलो नेता, कार्यकर्ताको समूह हिजोका प्रतिवद्धताहरु पुरा गर्नका लागि पुर्न माओवादी केन्द्रमा फर्कने तयारी गरेको समेत अभियानमा सहभागिहरुबा बुझिएको छ ।
त्यस्तै भाद्र २७ गते शनिवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक अर्को कार्यक्रमबीच डबल नेकपाका दैलेख, सुर्खेतका विभिन्न क्षेत्रका रहेका करिब आधा दर्जन नेता, कार्यकर्ताहरुसँग छलफल भएको छ । त्यहि क्रममा दैलेखका रेशम विसुन्के ‘रेसम’, सुर्खेतका टेकबहादुर मिजार ‘आमुस’ लगाएत माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लोकेश, सुर्खेत जिल्ला इन्चार्ज कृष्ण बोहोरा, सुर्खेत जिल्ला पार्टी संयोजक टेकमल नेपाली, कर्णाली प्रदेश समिति सदस्य मनराज कठायत, प्रेस सेन्टर नेपाल प्रदेश पाँचका अध्यक्ष दिनेश कुमार श्रीवास्तव, प्रेस सेनटर बाँकेका सचिव मनोज तमोली लगाएतको समेत उपस्थिति रहेको थियो ।
प्रेस सेन्टर नेपालको देशव्यापी संगठन विस्तार तथा प्रशिक्षणात्मक अभियानको क्रममा सुदूरपूर्वदेखि सुदूरपश्चिम र सबै प्रदेशहरुमा आयोजिक छलफल, भेला, प्रशिक्षण र भेटघाट कार्यक्रमबीच डबल नेकपा र अन्य पार्टीका समते गरी ठूलो संख्यामा मालेमावादप्रति प्रतिवद्ध, इमान्दार नेता, कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किएको अभियान टोली बताउँछ ।
उक्त अभियानको क्रममा प्रदेश नम्बर एकको धनकुटा, धरान, प्रदेश नम्बर दुईको सिराह, धनुषा, सप्तरी, बारा, प्रदेश नम्बर तीनको काठमाडौं, काभ्रे, चितवन, धादिङ, मकवानपुर, प्रदेश नम्बर चारको कास्की, वाग्लुङ, स्याङ्जा, लमजुङ, प्रदेश नम्बर पाँचको बुटवल, नवलपरासी, कपिलवस्तु, नेपालगञ्ज, दाङ, प्यूठान, बर्दिया, प्रदेश नम्बर ६ को सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, प्रदेश नम्बर सातको कैलाली, कञ्चनपुर, बैतडी, अछाम लगाएतका स्थानहरुमा विभिन्न प्रकारका कार्यक्रम, छलफल गरेको बुझिएको छ ।
विभिन्न पार्टीमा छरिएर रहेका इमान्दार नेता, कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै माओवादी केन्द्रका पोलिटवयूरो सदस्य लोकेशले दलाल संसदवादको अत्य र वैज्ञानिक समाजवादको स्थापनाको लागि पुर्न उत्पीडित, उपेक्षित, दमित र राज्यबाट हेपिएका, न्याय नपाएका सबै वर्ग, क्षेत्र तथा समूदायहरु महान जनविद्रोहको तयारीको प्रकृयामा जुट्न आवश्यक रहेको बताए ।
उनले वर्तमानमा केपी ओली र प्रचण्डले कम्युनिष्टको नाममा जनतालाई भ्रम छरेको र दलाल राज्यव्यवस्थाको मालिक बनेको भन्दै सर्वहारावर्गिय राज्यसत्ताँ स्थापनाको लागि संघर्ष अनिवार्य हुने भन्दै डबल नेकपाको भ्रममा नपर्न आम जनसमूदायलाई आग्रह समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।