‘शैक्षिक गुणस्तर सुधार्न एसआईपी राम्रो हुनुपर्छ’



दिपक बोहरा,
तुलसीपुर ११ पुस ।

बिद्यालय सुधार योजना ( एसआईपी) प्रभाबकारी भएमात्रै बिद्यालयका हरेक गतिबिधि प्रभाबकारी हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । समाजमा वातावरणीय शिक्षाको विकास (सीड) तुलसीपुरको आयोजना तथा आईएम नेपालको सहकार्यमा भएको दुई दिने गाउपालिका शिक्षा योजना कार्यशाला गोष्ठीको उद्घाटन शत्रमा बक्ताहरुले यस्तो बताएका हुन् ।

पञ्च बर्षिय बिद्यालय सुधार योजना निर्माण सम्बन्धि जानकारी दिन आयोजना गरिएको उक्त गोष्ठिमा बक्ताहरुले प्रभाबकारी बिद्यालय सुधार योजना नहुँदा सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बताएका थिए । सीडका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा शिक्षक चिन्तामनी गिरीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । सीडका कोषाध्यक्ष राममोती चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कार्यक्रम संयोजक माधव चौधरीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सहजीकरण सञ्चार अधिकृत निर्मला महताराले गरेकी थिईन् ।

मंगलबार र बुधबार चल्ने गोष्ठीमा सहभागी हुन पश्चिम दाङका सम्पुर्ण सामुदायीक बिद्यालयका प्रधान्ध्यापक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरु सहभागी छन् । गोष्ठिको प्रशिक्षकमा सीडका अध्यक्ष भागिराम चौधरी र शिक्षक चिन्तामनी गिरी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्