क्यान महासंघको केन्द्रिय सदस्यमा गिरी



सैघाली खबर

दाङ,१० पुस । कम्प्यूटर एशोसिएसन नेपाल महासंघ (क्यान–महासंघ) केन्द्रिय सदस्यमा दाङका रेशम गिरी पुनः निर्वाचित भएका हुन भएको छ । गत पुस ७ / ८ गते काठमाण्डौंमा सम्पन्न २४ औं महाधिवेशनबाट गिरी पुनः केन्द्रिय सदस्य पदमा निर्वाचित हुन भएको थियो । अधिवेशनले हेमन्तकुमार चौरासीयाको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । दाङबाट कृष्णबहादुर वली प्रदेश नं पाँचको सचिव पदमा निर्वाचित हुन भएको छ ।

 

रुकुमका दलबहादुर खड्का र सल्यानका भूपेन्द्र सिंह ओली पनि केन्द्रिय सदस्य पदमा निर्वाचित भएको गिरीले जानकारी दिनुभयो । गिरीले यस अघि महासंघको दाङ शाखा अध्यक्षको जिम्मेदवारी सम्हालि सक्नु भएको छ । निर्वाचित केन्द्रिय सदस्य गिरीले महासंघको तर्फबाट सूचना,प्रविधीको क्षेत्रमा काम गर्दै आएको वताउनुभयो । पछिल्लो समय सूचना र प्रविधीको तिव्र विकास भएको वताउँदै समय अनुकल प्रविधीको विकास गर्न आफु लाग्ने वताउनुभयो । हाल गिरी राप्ती ईज्जिनिरिङ कलेल घोराही दाङमा प्रिन्सिपलको जिम्मेवारी सम्हादै आउनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्