शारदा–१ का वडाध्यक्ष बेपत्ता, अपहरणको आशंका



खलंगा । सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् ।

उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ । नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्