सुदुरपश्चिममा बलत्कार तथा योन हिंसा बढ्दै



सुदुरपश्चिम । सुदुरपश्चिममा बलत्कार तथा योन हिंसा बढ्दै गईरहेका छन् । बालबालिका तथा महिलाहरु डरत्रासका बिच रहेका छन् । बलत्कार तथा योन हिंसा आफ्नै परिवारका सदस्यहरु तथा छिमेकीबाट भईरहेका छन् । २०७७ असोज ७ गते बझाङमा १२ बर्षिय बालिकाको बलत्कार पछी हत्या गरियो ।
बझाङमा भएको अमानवीय घटनाको , कञ्चनपुरको निर्मला पन्त लगायत बालबालिका तथा महिलामा हुँदै आइरहेको घटनाको सत्य तथ्य छानबिन ,दोषीलाई कडा भन्दा कडा सजायको माग तथा पीडितलाई न्यायको माग गर्दै र अबका दिनमा यस्ता घटना हुन नदिन सरकारी तवरबाट हुने कार्य प्रभावकारी बनाउन सम्पूर्ण तहलाई सचेत बनाउन आज नगर बाल सञ्जाल धनगढीले सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री कार्यालय अगाडि पहिलो दिन शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
बाल सञ्जालले बालबालिकाको हक हितको लागि सधैं अग्रसर रहने बाल सञ्जालका अध्यक्ष विजय राज जोशीले बताए । उनले भने बाल हिंसा, बाल शोषण विरुद्ध सदैव बुलन्द आवाज उठादै आएको र आगामी दिमहरुमा पनि बाल सञ्जाल बालबालिकाको हक हितमा रहनेछ । यस्तै भोलि पनि विरोध कार्यक्रम लाई निरन्तरता दिने हुँदा सम्पूर्ण न्याय प्रेमी मनहरु लाई भोलि ठीक ४ बजे धनगढी चौराहा उपस्थित हुन् बाल सञ्जालले अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्