२५ किमी वर प्रहरी राखेर सिमा सुरक्षा गरेको प्रचार



सिमीकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको छ । हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ ।

हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ । हिल्सामा कम्पाउण्ड सहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ ।

समुद्री सहतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ । यो नाकाबाट विशेषगरी जडिबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्